सुन प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँ

२०८१ कार्तिक २८ गते, बुधबार


काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँ तोकिएको छ ।महासंघका अनुसार कात्तिक १५ गतेयता सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको छ । कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो ।
यसैगरी, महासंघका अनुसार चाँदीको मूल्य भने बुधबार बढेको छ । अघिल्लो दिन प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९४० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु