नेप्से १४.१२ अंकले घट्यो

२०८१ कार्तिक २८ गते, बुधबार


काठमाडौँ । नेप्से १४.१२ अंकले घटेको छ । आज नेप्सेमा भएको शेयर कारोबारमा १३८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ९९ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै आजको शेयर कारोबारमा भने ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।
बुधबारको शेयर कारोबारमा विकास बैंक, फाइनान्स, हाइड्रोपावर र म्यूचुअल फन्डको सूचक बढेको छ भने अन्य सबै सूचकहरू घट्न पुगेको छ । आज १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता शेयर ७ अर्ब ९१ करोड बढी रुपैयाँमा कारोबार भएको थियो ।
नेप्सेमा आज भएको शेयर कारोबारमा सप्तकोशी विकास बैंकको शेयर लगानीकर्ताले सबैभन्दा धेरै आम्दानी गरेका छन् भने कुथेली बुखारी साना हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु