नेप्से ९.०९ अंकले बढ्यो

काठमाडौँ । आज नेप्से ९.०९ अंकले बढेर २ हजार ७११.७५ विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता सेयर ७ अर्ब ९ करोड २८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज विकास बैंक समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ३.३८ प्रतिशतले बढ्यो । फाइनान्स समूह आज १.६६ प्रतिशत,होटल ०.४५, हाईड्रो १.२८, लगानी ०.२०,लघुवित्त ०.०७,म्युचुअल फण्ड ०.३८ र व्यापार समूह ०.२७ प्रतिशतले बढ्यो ।
बैंकिङ समूह आज ०.२६ प्रतिशत,जीवन बीमा ०.१८,निर्जीवन बीमा ०.२१ र अन्य समूह ०.०७ प्रतिशतले बढ्यो । यस्तै आज उत्पादन तथा प्रशोधन समूह पनि ०.२१ अंकले घट्यो ।
आज ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३२ करोड ८१ लाख बढीको सेयर कारोबार भयो । जानकी फाइनान्सको आज ३२ करोड २० लाख, नेपाल फाइनान्सको २३ करोड २२ लाख,हिमालयन उर्जा विकासको १९ करोड १७ लाख र वेष्ट फाइनान्सको १५ करोड ५१ लाख बढीको सेयर कारोबार भयो ।
आज नेप्सेमा कारोबार भएका ८ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,नेपाल हाईड्रो,सप्तकोशी डेभलपमेन्ट बैंक,मिथिला लघुवित्त,कर्णाली डेभलपमेन्ट बैंक,जानकी फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै सुपर मादी हाईड्रोको सेयरमूल्य ८.४२ प्रतिशत र माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ७.८८ प्रतिशतले बढ्यो । गुराँस लघुवित्तको सेयरमूल्यमा आज १० प्रतिशतको गिरावटका साथ लोअर सर्किट लाग्यो । यो दिन युनिक नेपाल लघुवित्तको सेयरमूल्य पनि ७.०६ प्रतिशत र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य २.४१ प्रतिशतले घट्यो ।