अमेरिकी डलर अहिलेसम्मकै महँगो

२०८१ मंसिर ७ गते, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ५० पैसा छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३७ पैसा थियो।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७८पैसा थियो।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३८ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३० पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ र बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ६३पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ६७ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६२ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा थियो।
त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ९० पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ४९ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ५३ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ १२ पैसा थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु