सुनको भन्सार दर १० घट्यो !

२०८१ मंसिर १० गते, सोमबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले सुनको भन्सार दर घटाएको छ । भारतमा सुनको भन्सार कम रहेका कारण नेपालमा तस्करी बढ्ने आशंकासहित भन्सार दर घटाइएको हो । भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने मन्त्रिपरिषद्को निर्णय विभागमा आइपुगेको जानकारी दिए । यससँगै नयाँ दर कार्यान्वयनमा आएको उनले जानकारी दिए । चाँदीमा १५ प्रतिशत भन्सार दर रहेकोमा १० प्रतिशतमा झारिएको छ । उनले भने- ‘भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको हो ।’
सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्‍याएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु