विदेशी मुद्रा बरामद

काठमाडौँ । गएराती जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट हेटौंडा जाँदै गरेका तीन जना भारतीयको साथबाट ठूलो मात्रामा विदेशी मुद्रा बरामद गरेको छ। प्रहरीले उनीहरूलाई हेटौंडा उपमहानगरपालिका-१ प्रहरी चौकी टोलस्थित चेकपोइन्ट अगाडि हेटौंडा-भैसे सडक खण्डबाट नियन्त्रणमा लिएको हो।
काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा प्र ०३-००१ ज ०७६५ नम्बरको यात्रुवाहक माइक्रोबसमा सवार ३ जनालाई नियन्त्रणमा लिएर जाँच गर्दा विदेशी मुद्रा भेटिएको हो।
प्रहरीले भारतको उत्तर प्रदेश जिल्ला जालौन बस्ने ४० वर्षीय बिजय सिंग कुशवाह, उत्तर प्रदेशकै गोरखपुर बस्ने प्रशान्त पाठक र राजस्थानको चितोरगढ बस्ने ३२ वर्षीय राहुलकुमार माण्डावतलाई नियन्त्रणमा लिएको हो। कुशवाहको साथबाट १२ हजार अमेरिकी डलर, पाठकको साथबाट १४ हजार युरो र माण्डावतको साथबाट २० हजार अमेरिकी डलर बरामद भएको हो।