सुनको भाउ घट्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ४ सय घटेर १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार तोलाको १ लाख ५० हजार ९ सय रुपैयाँ थियो। त्यसैगरी चाँदीको भाउ आइतबार ५ रुपैयाँ घटेर तोलाको १ हजार ८ सय ४० मा किनबेच भइरहेको छ। शुक्रबार तोलाको १ हजार ८ सय ४५ रुपैयाँ थियो।