नेप्से ९.९९ अंक ले घट्यो

२०८१ मंसिर १६ गते, आईतवार


काठमाडौँ । नेप्से ९.९९ अंकले घटेर २७३८.०६ विन्दुमा खुम्चिएको छ । आज कुल ८ अर्ब ८३ करोडको कारोबार भएको छ । गत बिहीबार ८ अर्ब ५४ करोडको भएको थियो । ६३ कम्पनीको मूल्य बढ्दा १७८ को घटेको छ भने ३ को स्थिर रह्यो । विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो समूह ४.५ प्रतिशत बढ्यो । त्यस्तै व्यापार समूह ९ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको मूल्य १० प्रतिशत बढेकै कारण व्यापार समूहमा उच्च वृद्धि देखिएको हो ।
बैंकिङ १.४७, फाइनान्स २.९६, हाइड्रोपावर १.१४, लगानी १.१५, जीवन बीमा १.३५, उत्पादन ०.५७, माइक्रोफाइनान्स ०.९२, निर्जीवन बीमा ०.०१ र अन्य समूह १.३५ प्रतिशत घटे । होटल तथा पर्यटन समूह ०.३० प्रतिशत बढ्यो ।
विशाल बजार कम्पनीका अलवा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । एक्सल डेभलपमेन्ट बैंकको ९.६, सपोर्ट माइक्रोफाइनान्सको ९.४, मितेरी विकास बैंकको ७.६ र इमर्जिङ नेपालको ७.५ प्रतिशत मूल्य बढ्यो ।
जानकी फाइनान्सको मूल्य १० प्रतिशत घट्यो । नेपाल फाइनान्सको ९.१, उपकार लघुवित्तको ५.४, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ४.६ तथा मानुषी लघुवित्तको ४.१ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधार एक्सल डेभलपमेन्ट बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल फाइनान्स, मितेरी विकास बैंक तथा ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु