सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ
२०८१ मंसिर २३ गते, आईतवार
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो । गत हप्ता शुक्रबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी आज १८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।