अवैध सुनसहित दुई जना जना पक्राउ
२०८१ मंसिर २४ गते, सोमबार
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले ५ सय ५८ ग्राम सुनसहित प्रहरीले रोशी गाउँपालिका–९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठलाई पक्राउ आइतबार साँझ पक्राउ गरेको हो।
काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिट मुनी प्लास्टिकको झोलामा लुकाई राखेको अवस्थामा प्रहरीले उक्त सुन बरामद गरेको हो।