सुनको मूल्य फेरी बढ्यो !

२०८१ मंसिर २६ गते, बुधबार

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६८५दशमलव ३९ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३१ दशलमव ६४ डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

४७५ किलो गाँजासहित २ जना पक्राउ

२०८२ आश्विन १ गते, बुधबार

बैंकको ब्याजदर घट्यो

२०८२ भाद्र ३१ गते, मंगलवार