प्रभु बैंकका ८ जना संस्थापक बाहिरिँदै

२०८१ मंसिर २६ गते, बुधबार


काठमाडौँ । प्रभु बैंकका ८ जना संस्थापक (प्रमोटर) सेयरधनी एकैपटक बाहिरिने भएका छन् । बैंकका अनुसार प्रमोटर सेयरधनीहरू राजेन्द्र भट्टचनको १२ लाख ६९ हजार १ कित्ता, अम्बिका शर्मा लामिछानेको ५ लाख कित्ता, सबी भट्टचनको ६ लाख ७२ हजार ४२१ कित्ता, शिक्षा भट्टचनको ७ लाख ३३ हजार ७०६ कित्ता, सुनिल मान शेरचनको १९ हजार ९९२ कित्ता, शकुन्तला श्रेष्ठ प्रधानको २१ हजार ८३४ कित्ता, सरस्वती सुब्बा देवानको ३९ हजार ९५८ कित्ता र केशव तुलाधरको नाममा रहेको ३३ हजार ४०५ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।
बैंकको उक्त सेयरमा इच्छुक जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आजको ३५ दिन भित्र आवेदन दिनुपर्नेछ
लगानीकर्ताले बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । लिलामी सेयरको मूल्य भने तोकिएको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु