नेकपा चितवनद्वारा १० लाखको धान र १ लाखको मह विक्री

२०८१ पुष २ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको चितवन माडीस्थित केन्द्रीय उत्पादन विभागले १० लाख रुपैयाँ बराबरको धान विक्री गरेको छ । विभागले धान विक्रिबाट ७ लाख नाफा कमाएको नेकपाले जनाएको छ । यसैगरी, नेकपाले संचालन गरेको उत्पादन केन्द्रले १ लाखको महसमेत विक्री गरेको छ । जसबाट ५० हजार रुपैयाँ नाफा भएको उत्पादन केन्द्रका प्रमुख तथा पार्टी पोलिटब्युरो सदस्य सन्देश सीले बताए ।
सो केन्द्रबाट २ क्विटल ४० कि.लो. मह उत्पादन भैसकेको विद्यार्थी नेता अटल सीले जानकारी दिए । जहाँ २५ वटा बाख्रा पनि पालिएको छ भने ३ वटा टनेलमा गोलभेडासमेत रोपिएको छ । ४ वटा पोखरीमा मत्स्य पालन गरिरहेको उत्पादन केन्द्रले यसपटकको आलु खेतीबाट १५ लाख मुनाफा गर्ने उत्पादन केन्दुको लक्ष्य रहेको छ । साथै, माडीका कृषि मजदुरलाई पारिश्रमिक स्वरुप ८ लाख ४७ हजार वितरण गरिएकोले उत्पादन केन्द्र रोजगारी प्रदायकसमेत बन्न पुगेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु