बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला चयन

काठमाडौँ । नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला सर्वसम्मत चयन भएका छन् ।संघको बुधबार आयोजित ३८औं वार्षिक साधारणसभाले कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कोइराला यस अघि संघको उपाध्यक्ष थिए। कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत हुन् । त्यस्तै संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा प्रभु बैंकका सीईओ अशोक शेरचन, सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका सीईओ सञ्जीव मानन्धर, सिद्धार्थ बैंकका सीईओ सुन्दरप्रसाद कँडेल, कुमारी बैंकका सीईओ रामचन्द्र खनाल, एभरेस्ट बैंकका सीईओ सुदेश खालिङ र नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय चयन भएका छन् ।