अण्डाको मूल्य बढ्यो

२०८१ पुष ५ गते, शुक्रबार


काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको बिक्री मुल्य बढाएको छ । संघको पुस ४ गते बसेको बैठकले बिक्री मूल्य १५ रुपैयाँ बढाएको हो । यससँगै मध्यम किसिमको प्रतीक्रेट ४ सय ८५ रुपैयाँ तोकिएको छ भने ठुलो अण्डा प्रतीक्रेट ५ रुपैयाँ तोकिएको संघका सचिव मदन पोखरेलले जानकारी दिए ।
यसअघि गत मंसिर २७ गते बसेको बैठकले मध्यम किसिमको प्रतीक्रेट ४ सय ७० रुपैयाँ र ठुलो अण्डा प्रतीक्रेट ४ सय ८५ रुपैयाँ तोकेको थियो । एक सातामा नै अण्डाको मूल्य बढाएको हो ।
संघका अनुसार चितवनलाई आधारमानी पुस ५ गतेदेखि अण्डाको नयाँ बिक्री मुल्य लागू हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु