सुनको मूल्य घट्ने क्रम जारी

२०८१ पुष ५ गते, शुक्रबार

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला ४ दिनयता सुन लगातार घटेको छ । पुस २ गते तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य घट्दै शुक्रबार १ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ।
बिहीबारको तुलनामा भने सुन तोलामा ५०० रुपैयाँ घटेको छ। बिहीबार १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघले शुक्रबार चाँदी तोलामा १ हजार ७६० रुपैयाँ तोकेको छ। बिहीबार १ हजार ७८० रुपैयाँ थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु