मह उत्सव पुस ११ देखि

२०८१ पुष १० गते, बुधबार


काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि बिहीबारदेखि पुस १५ गतेसम्म चितवनमा मह उत्सव आयोजना गर्ने भएको छ। परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्रीकक्ष राखेर त्यहाँ आउने जोकोहीलाई मह चखाइने छ।
परियोजनाले मौरीजोनअन्तर्गतका मौरीपालक उद्यमी किसानका उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले बजारीकरण, ‘प्याकेजिङ, लेबलिङ’ मा सहयोग गर्दै आएको छ।
आर्थिक वर्ष २०७५–७६देखि चितवनमा मौरीजोन स्थापना भएको हो। नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिव शर्माले मह उत्सवले मौरीपालक किसानमा उत्साह भरेको बताए। चितवनमा गत वर्ष आठ सय मेट्रिकटन मह उत्पादन भएको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु