स्रोत नखुलेको ९२ लाख नगदसहित ३ जना पक्राउ

२०८१ पुष १० गते, बुधबार


काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको जोरपाटीबाट स्रोत नखुलेको ९२ लाख नगदसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । टोलीले मंगलबार ९२ लाख नगदसहित रवि धमला, जितबहादुर तामाङ र सन्तोष खातीलाई पक्राउ गरेको हो । स्रोत नखुलेको रकम बरामद भएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न व्यक्तिहरू सुन कारोबारी हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुन आयातको सीमा बढ्यो

२०८२ आश्विन २४ गते, शुक्रबार

सुन प्रति तोला दुई लाख ३९ हजार २०० !

२०८२ आश्विन २३ गते, बिहीबार

नेप्से ४५.३६ अंकले घट्यो

२०८२ आश्विन २२ गते, बुधबार