अमेरिकी डलर अहिलेसम्मकै महंगो !

२०८१ पुष १४ गते, आईतवार

काठमाडौँ । नेपाल राष्ट्र बैंककाअनुसार नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर अहिलेसम्मकै महंगो बनेको छ । राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा र खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा तोकेको छ । यो अहिलेसम्मकै उच्च हो ।
गत साता शुक्रवार एक अमेरिकी डलरको बिक्रीदर एक सय ३६ रुपैयाँ ७३ पैसा र खरिददर एक सय ३६ रुपैयाँ १३ पैसा थियो । पछिल्लो हप्ता हरेक दिन अमेरिकी डलर बलियो बनेसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको हो । डलरको भाउमा आएको उतारचढावले भारतीय मुद्रा प्रत्यक्ष प्रभावित हुने र त्यसको असर नेपाली मुद्रामा पनि पर्ने गर्दछ ।
भारतीय रुपैंयासँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । नेपालको रेमिट्यान्स आप्रवाह उच्च रहेकोले डलर बलियो बन्दा नेपाललाई फाइदा पनि हुन्छ । तर वस्तु तथा सेवा आयातवापतको भूक्तानीमा भने डलरको महंगीले नकारात्मक असर पार्ने गर्दछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुन आयातको सीमा बढ्यो

२०८२ आश्विन २४ गते, शुक्रबार

सुन प्रति तोला दुई लाख ३९ हजार २०० !

२०८२ आश्विन २३ गते, बिहीबार

नेप्से ४५.३६ अंकले घट्यो

२०८२ आश्विन २२ गते, बुधबार