खुर्सानीको बोरामा लागूऔषध !

२०८१ पुष १६ गते, मंगलवार


काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१६ भन्सार ईलाकाबाट पुस १५ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले पर्साको बहुदमाई गाउँपालिका–३ नगरदाहा बस्ने अन्दाजी ३६ वर्षिय मिश्री रामलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट पैदल आउँदै गरेका उनले टाउकोमा बोकी ल्याउँदै गरेको हरियो खुर्साको बोराभित्र लुकाई छिपाई राखेको डाईजेपाम ४ सय ९० एम्पुल, बुप्रेनोर्फिन ४ सय ९९ एम्पुल, नोफिन २ सय ९७ एम्पुल र प्रोमाथाजिन हाईड्रोक्लोराई ईन्जेक्सन ४ सय ९७ एम्पुल फेला पारेको हो ।
नियन्त्रणमा लिएका उनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाईएको सशस्त्र प्रहरीको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुन आयातको सीमा बढ्यो

२०८२ आश्विन २४ गते, शुक्रबार

सुन प्रति तोला दुई लाख ३९ हजार २०० !

२०८२ आश्विन २३ गते, बिहीबार

नेप्से ४५.३६ अंकले घट्यो

२०८२ आश्विन २२ गते, बुधबार