विद्यालयका लेखापाल र व्यवस्थापन समितिका सदस्य घुससहित पक्राउ

२०८१ पुष २५ गते, बिहीबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिइ गएको टोलीले नवलपरासी (ब.सु. पश्चिम), पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५ स्थित राजनारायण माध्यमिक विद्यालयका सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्रप्रसाद कहार घुस रकमसहित पक्राउ गरेको छ । उनीहरुले भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको उजुरी परेको थियो ।
अख्तियारले सुरेस र सुरेन्द्रलाई सेवाग्राहीबाट ६५ हजार रुपैयाँ घुसररिसवत लिइरहेको अवस्थामा बुधबार पक्राउ गरेको जानकारी दिएको छ ।पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु