विद्युत प्राधिकरणले कांग्रेस संसदीय दल कार्यालयको लाइन काट्यो

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले नेपाली कांग्रेस संसदीय दलको कार्यालयको लाइन काटिदिएको छ । प्राधिकरणले तीन महिनासम्म बत्तिको बिल नतिर्दा लाइन काट्ने गरेको छ । संघीय संसद सचिवालयले समयमै बिल नतिर्दा लाइन काटिएको स्रोतले जनाएको छ । ६५ हजार जति कांग्रेस संसदीय दलको कार्यालयले तिर्न बाँकी रहेको छ । संसद सचिवालय स्रोतका अनुसार आजै बत्तिको बिल तिरेर काटिएको लाइन जोड्ने तयारी भइरहेको छ ।