पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । गए राति १२ बजेदेखि लागू हुनेगरी निगमले मूल्य बढाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँका, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ, डिजेल र मट्टीतेल १५६ रुपैयाँ कायम भएको छ । निगमका अनुसार भारतबाट मूल्य बढेर आएपछि नेपालमा पनि मूल्य बढाइएको हो। इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलमा २.२४ र डिजेलमा ३.५५ ले मूल्य बढेर आएको जनाइएको छ ।
