६ महिनामा ३ लाख ९३ हजार ६७ जना रोजगारीका लागि विदेशिए

काठमाडौँ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस महिनासम्मको अवधिमा ३ लाख ९३ हजार ६७ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार पुस महिनामा मात्रै ६७ हजार २५८ जनाले श्रम स्वीकृति लिँदा पुरुष ६० हजार १५३ जना र महिला ७ हजार १०५ जना रहेका छन् । जसमध्ये पुस महिनामा व्यक्तिगत तवरबाट १० हजार ८५ जना र मेनपावरबाट २९ हजार ३१८ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।
यस्तै पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २७ हजार २०३ जना रहेको छ । यस्तै जीटुजी मार्फत ३ हजार ७५५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति पाएका छन् । ६ महिनाको अवधिमा व्यक्तिगत तवरबाट वैदेशिक रोजगारीमा जानका लागि कुल ६४ हजार ४५९ जनाले श्रम स्वीकृति लिँदा मेनपावरबाट१ लाख ६१ हजार १६६ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै पुनः श्रम स्वीकृति लिनेको कुल सङ्ख्या १ लाख ६२ हजार ६२८ जना रहेको छ । यस्तै जीटुजीमार्फत वैदेशिक रोजगारीमा जानका लागि कुल ४ हजार ८१४ जनाले ६ महिनाको अवधिमा श्रम स्वीकृति लिएका छन् ।