नेपालको सार्वजनिक ऋणभार २५ खर्ब !

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशन गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक अनुसार नेपालको सार्वजनिक ऋण दायित्व २५ खर्ब नाघेको छ । पछिल्लो ६ महिनामै सार्वजनिक ऋणभार १ खर्ब २ अर्ब ३ करोड रुपैयाँ थपिएको छ । चालु आर्थिक वर्षको सुरुवातमा मुलुकको सार्वजनिक ऋण दायित्व २४ खर्ब ३४ अर्ब ९ करोड ९८ लाख रुपैयाँ थियो । तर पुष मसान्तसम्म आइपुग्दा २५ खर्ब ३६ खर्ब १३ करोड १४ लाख रुपैयाँ पुगेको छ ।
यो कुल गार्हस्थ्य उत्पादन(जिडिपी) को ४४.४६ प्रतिशत हुन आउँछ। कुल ऋण दायित्व मध्ये आन्तरिकतर्फ १२ खर्ब ३४ अर्ब ७१ करोड ४१ लाख रुपैयाँ रहेको छ भने बाह्यतर्फ १३ खर्ब १ अर्ब ४१ करोड ७३ लाख रुपैयाँ रहको छ । कुल जिडिपीमा आन्तरिक ऋणको २१.६४ प्रतिशत र बाह्यतर्फ २२.८१ प्रतिशत छ ।
समीक्षा अवधिसम्म सरकारले २ खर्ब ४० अर्ब ८ करोड ७२ लाख ऋण लिएको छ । यसमध्येमा आन्तरिकतर्फ १खर्ब ८१ अर्ब ५ करोड ४२ लाख रुपैयाँ र बाह्यतर्फ ५९ अर्ब ३ खर्ब ३० करोड रुपैयाँ ऋण लिएको छ । सरकारले उक्त अवधिमा १ खर्ब ४९ अर्ब ६७ करोड ८ लाख रुपैयाँ सावाँ भुक्तानी गरेको छ । यस अवधिमा सरकारले आन्तरिकतर्फ १ अर्ब २७ खर्ब २४ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ । यस्तै, बाह्यतर्फ भने २ खर्ब २ अर्ब ४२ करोड ८९ लाख रुपैयाँ सावाँ भुक्तानी गरेको छ ।
सरकारको सार्वजनिक ऋण परिचालन पनि लक्ष्य अनुसारको देखिएको छैन । चालु आर्थिक वर्षका लागि ५ खर्ब ४७ अर्ब लक्ष्य लिएको छ तर उक्त अवधिमा ४३.८३ प्रतिशत मात्रै प्राप्ति गरेको छ । जसमध्येमा आन्तरिकतर्फ १ खर्ब ८१ अर्ब ५ करोड ४२ लाख र बाह्यतर्फ ५९ अर्ब ३ खर्ब ३० लाख प्राप्ति गरेको छ । यो वार्षिक लक्ष्यको क्रमशः ५४.८५ प्रतिशत र २७.२० प्रतिशत हो ।
सरकारले यो वर्षका लागि आन्तरिकतर्फ ३ खर्ब ३० अर्ब र बाह्यतर्फ २ खर्ब १७ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ ।