नेपाल ल्युब आयलले हकप्रद सेयर जारी गर्ने

२०८१ माघ १३ गते, आईतवार


काठमाडौँ । नेपाल ल्युब आयल लिमिटेडको कम्पनी संचलक समितिको माघ ११ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ७ करोड २९ लाख २४ हजार ५०० रुपैयाँ रहेको छ । कम्पनीले १४ करोड ५८ लाख ४९ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले यसअघि घोषणा गरेको एफपीओ निष्कासन गर्ने प्रस्ताव भने खारेज गरेको छ । इफपीओको सट्टा हकप्रद जारी गरी पूँजी वृद्धि गरिने कम्पनीले जनाएको छ ।
हकप्रद प्रस्ताव पारित गर्न कम्पनीले माघ २९ गते विशेष साधारण सभा बोलाएको छ । सभा द प्लाजा, पुल्चोक, ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुन आयातको सीमा बढ्यो

२०८२ आश्विन २४ गते, शुक्रबार

सुन प्रति तोला दुई लाख ३९ हजार २०० !

२०८२ आश्विन २३ गते, बिहीबार

नेप्से ४५.३६ अंकले घट्यो

२०८२ आश्विन २२ गते, बुधबार