५ महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रियो !

२०८१ माघ १८ गते, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ। साउनदेखि मंसिर महिनासम्म सो बराबरको रेमिट्यान्स भित्रिएको हो । यो अघिल्लो वर्षको सोही अवधिको विप्रेषण आप्रवाहको तुलनामा ४.४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको वृद्धिदर भने २४.२ प्रतिशत रहेको थियो।
यसमध्ये अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब ६९ अर्ब ७७ करोड रहेको थियो ।
साउनमा १ खर्ब ३६ अर्ब ,भदाैंमा १ खर्ब २६ अर्ब ,असाेजमा १ खर्ब ४४ अर्ब ,कात्तिकमा १ खर्ब १४ अर्ब र मंसिरमा १ एक खर्ब १८ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको हो। यो पाँच महिनामा तीन अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्सको रूपमा बाहिरिएको छ। पाँच महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १८ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षकाे यही अवधिमा दुई लाख ७४ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको सङ्ख्या तीन लाख २५ हजार बढी छन्।

प्रतिक्रियाहरु

[anycomment]