ग्यास लुकाए जफत !

काठमाडौँ । सरकारले कसैले ग्यास लुकाएर अभाव सिर्जना गरे कारवाही गर्ने चेतावनी दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यास लुकाएर अभाव देखाए ग्यास जफत गर्ने चेतावनी दिएको हो । ग्यास उद्योगीहरूले गत साता पत्रकार सम्मेलन मार्फत १९ बुँदे मागसहित ग्यास आयात तथा बिक्री रोक्ने चेतावनी दिएको थियो । यसपछि बजारमा ग्यास अभाव भएको गुनासो आउन थालेको हो ।