नेपाल टेलिकमको खुद नाफा ३३% ले खुम्चियो

२०८१ माघ ३० गते, बुधबार

काठमाडौं। नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ मुनाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । प्रयोगकर्ता ओभर द टप (ओटीटी) एपमा अत्यधिक निर्भर हुँदा टेलिकमले भ्वाइस सेवाबाट गर्ने आम्दानी निरन्तर ओरालो लाग्दै गएको हो । जसका कारण पछिल्ला वर्षहरुमा कम्पनीको आम्दानीदेखि नाफासम्ममा धक्का पुगिरहेको छ। मोबाइल डेटा प्रयोगकर्ता फिक्स्ड ब्रोडब्यान्डतर्फ सिफ्ट हुँदा टेलिकमको आम्दानी घट्न पुगेको देखिन्छ।
आम्दानी घट्नुमा टेलिकमले चर्को प्रतिस्पर्धालाई समेत कारक मानेको छ। पुस मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी १.४० प्रतिशत घटेर १७ अर्ब ४९ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १७ अर्ब २४ करोड ६७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको वित्तीय आम्दानी ३६.३० प्रतिशत ३६.३० प्रतिशत घटेर २ अर्ब ३० करोड ३४ लाख रुपैयाँ र कुल आम्दानी ८.४० प्रतिशत घटेर १९ अर्ब ५१ करोड ९२ लाख रुपैयाँ गरेको छ । साथै कम्पनीको वित्तीय खर्च ०.१९ प्रतिशत घटेर ७ करोड ६७ लाख रुपैयाँ गरेको छ ।
१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ सञ्चित छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १४.४० रुपैयाँ घटेर २९.३८ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५०६.३४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३०.३३ गुणा रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सरकारको आम्दानीभन्दा खर्च बढी !

२०८१ चैत्र १ गते, शुक्रबार

नेप्से १७ दशमलव २८ अङ्कले बढ्यो

२०८१ फाल्गुन २८ गते, बुधबार

चुरे संरक्षणका नाममा १५ अर्ब स्वाहा

२०८१ फाल्गुन २८ गते, बुधबार