देशभर २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरी

काठमाडौँ । गृह मन्त्रालयले देशभर २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरी रहेको जनाएको छ । मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरीहरु अहिले पनि रहेको बताए। उनले उजुरीहरुलाई फस्र्यौट गर्ने कुरामा मन्त्रायले तिब्रताका साथ कम गरिरहेको बताए ।
त्यस्तै प्रवक्ता तिवारीले सहकारी ठगीका मुद्दा आव०८१÷०८२ को माघ २४ गतेसम्म ४८ वटा दर्ता भएको बताए । उनले ४३ जना पक्राउ पर्नुका साथै ५ अर्ब भन्दा बढीको बिगो रकम माग दाबी गरिएको बताए । सहकारी सम्बन्धि मुद्दामा ३५० जना मानिस फरार रहेको बताए । उनले मन्त्रालयले बेरुजु फस्र्यौटलाई शुन्य बनाउन काम गरिरहेको बताए ।
प्रवक्ता तिवारीले सडक दुर्घटना, आत्महत्या, लागुऔषध दुव्र्यसन, साइबर अपराधका घटनाहरु अत्याधिक बढेको र सरकारले नियन्त्रणका लागि काम गरिरहेको बताए ।