व्यापार घाटा ८ खर्ब ६१ अर्ब !

काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा देशले ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गर्दा ८ खर्ब ६१ अर्ब ३८ करोड घाटा व्यहोरेको छ। सो अवधिमा ९ खर्ब ८८ अर्ब ५८ करोडको आयात र १ खर्ब २७ अर्ब २० करोडको निर्यात भएको विभागले जनाएको छ। विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १०.०९, निर्यात ४६.५० र वैदेशिक व्यापार १३.३० प्रतिशतले बढेको छ।
यस्तै, गत आर्थिक वर्षको तुलनामा कुल वैदेशिक व्यापारघाटा ६.२० प्रतिशतले बढेको छ। कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ८८ दशमलव ६० र निर्यातको हिस्सा ११ दशमलव ४० प्रतिशत रहेको छ।