जस्बीरे चिया प्रशोधन उद्योगमा आगलागी

काठमाडौँ । इलामस्थित जस्बीरे चिया प्रशोधन उद्योगमा गए राति आगलागी भएको छ । आगलागीबाट उद्योगका सबै मेसिन, तयारी चिया र भवन पूरै नष्ट भएको छ । मंगलबार साँझ उद्योगमा अचानक आगो लागेको थियो । आगलागीको कारण भने अझै खुल्न सकेको छैन ।
उद्योगका सञ्चालक शरद सुब्बा केही समयअघि नेपालकै ‘बेस्ट टि मेकर’ घोषित भएका थिए । उद्योगले वार्षिक ३० हजार किलोसम्म तयारी चिया उत्पादन गरेर युरोपका विभिन्न मुलुकमा निर्यात गर्दै आएको छ ।