वैदेशिक रोजगार बचपत्र निष्कासन हुँदै

२०८१ फाल्गुन १४ गते, बुधबार


काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन तथा बिक्री गर्ने भएको हो । कार्यालयले फागुन १५ गतेदेखि चैत १५ गतेसम्म ५ वर्ष अवधिको वैदेशिकर रोजगार बचतपत्र बिक्री गर्ने भएको हो। उक्त बचतपत्र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक र विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले खरिद गर्न पाउने छन् ।
वैदेशिक रोजगारीमा रहेका वा स्वदेश फर्किएको ६ महिना नपुगेका नेपाली नागरीक र गैरआवसीय नेपाली तथा परिवार सदस्यले पनि बचतपत्रमा आवेदन दिन सक्नेछन् । यस बचतपत्र ब्याजदर वार्षिक ८.५ प्रतिशत तोकेको छ । साँवा २०८६ चैत १८ गते एकमुष्ठ रूपमा पाइने छ ।

प्रतिक्रियाहरु

[anycomment]