साढे तीन किलो सुनसहित चार विदेशी पक्राउ

२०८१ फाल्गुन १५ गते, बिहीबार


काठमाडौँ । दुबईबाट काठमाडौं आएका तीन महिला र एक विदेशी पुरुष साढे तीन किलो सात सय ७५ ग्राम सुनसहित पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एएसपी सोमेन्द्र सिंह राठौंरले फ्लाई दुवईको एफजेड ५७५ उडानबाट बुधबार साँझ आएका उज्वेकिस्तानका नागरिकहरुलाई पक्राउ गरेको जानकारी दिए।
चेकजाँच सकेर भन्सारबाट पास भइसकेका उनीहरुलाई नेपाल प्रहरीको सादा पोशाकका प्रहरीले पक्राउ गरेको हो। उनीहरुले मलद्वारामा सुन लुकाएर ल्याएको एसएसपी राठौंरको भनाइ छ। उनीहरु अहिले गौशाला प्रहरी हिरासतमा रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रियाहरु

[anycomment]