डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य प्राप्त भएपछि निगमले मूल्य समायोजन गरेको हो । निगमले ग़ए रातीदेखि लागू हुने गरी प्रति लिटर डिजेल र मट्टितेलको मूल्यमा १ रुपैयाँले घटाउने निर्णय गरेको हो ।
