अमेरिकी डलरको भाउ घट्यो

२०८१ फाल्गुन २४ गते, शनिबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १३८ रुपैयाँ ७० पैसा र बिक्री दर १३९ रुपैयाँ ३० पैसा भएको छ। शुक्रबार खरिद दर १३९ रुपैयाँ ९ पैसा र बिक्री दर १३९ रुपैयाँ ६९ पैसा थियो। युरोपियन युरो शनिबार खरिद दर १५० रुपैयाँ ४९ पैसा र बिक्री दर १५१ रुपैयाँ १४ पैसा भएको छ। शुक्रबार खरिद दर १५० रुपैयाँ २ पैसा र बिक्री दर १५० रुपैयाँ ६६ पैसा थियो।
पाउण्ड स्टर्लिङ पनि बढेर खरिद दर १७९ रुपैयाँ १७ पैसा र बिक्री दर १७९ रुपैयाँ ९५ पैसा भएको छ। शुक्रबार खरिद दर १७९ रुपैयाँ ४ पैसा र बिक्री दर १७९ रुपैयाँ ८१ पैसा थियो।
चिनियाँ युआन खरिद दर १९ रुपैयाँ १७ पैसा र बिक्री दर १९ रुपैयाँ २५ पैसा भएको छ। शुक्रबार युआनको खरिद दर १९ रुपैयाँ २० पैसा र बिक्री दर १९ रुपैयाँ २८ पैसा थियो।
आज युरो र पाउण्डसँगै स्वीस फ्रयांक र क्यानेडियन डलर बढेका छन्। जापानी येनको खरिद दर स्थिर भए पनि बिक्री दरमा झिनो गिरावट छ। अष्ट्रेलियन डलर, सिंगापुर डलर, साउदी रियाल, कतारी रियाल, यूएई दिराम, स्वीडिश क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहरेन दिनार र ओमानी रियाल घटेका छन्।

प्रतिक्रियाहरु

[anycomment]