वीरगञ्ज सुक्खा बन्दरगाहबाट सवा ३२ अर्ब राजस्व संकलन

२०८१ चैत्र १० गते, आईतवार


काठमाडौँ । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार चालु आवको पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व संकलन भएको छ ।
कार्यालयले गत साउनमा ३ अर्ब ७५ करोड रुपैयाँ, भदौमा ४ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । असोजमा ४ अर्ब ३६ करोड रुपैयाँ, कात्तिकमा ३ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
यसैगरी, गत मङ्सिरमा ३ अर्ब २२ करोड रुपैयाँ, पुसमा ३ अर्ब ५६ करोड रुपैयाँ, माघमा ४ अर्ब २९ करोड रुपैयाँ र फागुनमा ४ अर्ब ६८ करोड रुपैयाँ राजस्व संकलन गरेको हो । चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै राजस्व फागुनमा नै संकलन भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]