एक लाख नगदसहित १३ जना जुवाडे पक्राउ

२०८१ चैत्र ३० गते, शनिबार


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीमा एक लाख नगदसहित १३ जना जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले धनगढी उपमहानगरपालिका -३ को भाटभटेनी सुपर मार्केट नजिकै रहेको सुप रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहितका १३ जनालाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा होटल सञ्चालक ४० वर्षीय खडक कुँवर,धनगढी-३ का ४५ वर्षीय दानबहादुर विष्ट, ४१ वर्षका नवीन थापा, ३० वर्षका मनोज चन्द, झलक रावल, धर्म रोकाया, मिनबहादुर चन्द, घोडाघोडी नगरपालिका-२ बस्ने ४१ कअ दुर्गा अधिकारी रहेको डीएसपी बोहराले बताए ।
यस्तै बझाङको छविस पाथिभेरा गाउँपालिका- २ ३८ वर्षीय उधव कठायत, सुर्य कठायत, धनसिंह विष्ट, केदारस्यु गाउँपालिका-६ का पवन धामी र बैतडीको सिगास गाउँपालिका-१ बस्ने २८ वर्षीय दिनेश पन्तलाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट एक लाख १२ हजार ३२० रूपैयाँ बरामद गरिएको छ भने तीन गड्डी तास, दुईवटा मोटरसाइकल र एउटा स्कुटर पनि बरामद गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]