नेकपा धनुषाले मिटरब्याज र लघुवित्तविरुद्ध संघर्ष चर्काउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी धनुषाले मिटरब्याजीहरु र लघुवित्तको चर्को ब्याजको विरुद्ध प्रतिरोध संघर्ष चर्काउने भएको छ। सो पार्टीको हालै सम्पन्न बैठकले मिटरब्याजी हरुको अत्याचार र लघुवित्तको चर्को ब्याजकोविरुद्ध प्रतिरोध संघर्ष गर्ने निर्णय गरेको जनाएको छ ।
पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीको प्रमुख आतिथ्यता सम्पन्न बैठकको अध्यक्षता पार्टीका बरिष्ठ केन्द्रीय सदस्य शिला यादवले गरेकी थिइन्। बैठकमा नेकपा धनुषाका जिम्मेवार सदस्यहरुको उपस्थिति रहेको थियो।