विकास हाइड्रोलाई आईपीओ निष्काशन गर्न अनुमति

२०८२ बैशाख १७ गते, बुधबार


काठमाडौँ । विकास हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार कम्पनीलाई सर्वसाधारण लगानीकर्ताहरूलाई सेयर बिक्री गर्न अनुमति दिएको हो । यससँगै कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर बिक्री गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्काशन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आवेदन खुला गर्नेछ ।
गोरखाको दार्चे गाउँपालिकामा निर्माणाधिन अपर माछा खोला स्मल हाइड्रोपावर आयोजना मार्फत विकास हाइड्रोपावरले ४.५५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

व्यावसायिक सिस्नुखेती सुरु

२०८२ असार २५ गते, बुधबार

नेप्से ०.४१ अंकले घट्यो

२०८२ असार २४ गते, मंगलवार

२ सय मेगावाट विद्युत् उत्पादन बन्द !

२०८२ असार २४ गते, मंगलवार