मिटरव्याज पीडितद्वारा प्रजिअलाई ज्ञापनपत्र

२०८२ बैशाख २० गते, शनिबार


काठमाडौँ । धनुषाका मिटर व्याज पीडितहरुले जुलुससहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । जनकपुरमा रहेको गोपाल धर्मशालाबाट प्रारम्भ भएको विरोध जुलुस जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयालाई ज्ञापनपत्र बुझाएको थियो । उक्त जुलुसको नेतृत्व नेकपाका केन्द्रीय सदस्य तथा सभासद् शिला यादवले गरेकी थिइन् ।
उक्त विरोध प्रदर्शनपछि भएको सभामा शिला सी, लक्ष्मण सी र राजाराम यादवले सम्बोधन गर्दै सूदखोरी र प्रशासनिक दमनको निन्दा गरेका थिए । ज्ञापनपत्रमा मिटर व्याज पीडितमाथि दमन रोक्नपर्ने, मिटर व्याजी, सूदखोर दलाललाई कारबाही गर्नुपर्ने लगायतका माग समेटिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु