‘एटीएम कार्ड प्रयोग गर्दा समस्या आए तत्कालै जानकारी गराउनु’

२०८२ बैशाख २३ गते, मंगलवार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एटीएम कार्ड प्रयोग गर्दा समस्या भएमा सम्बन्धित सेवा प्रदायकलाई तत्कालै जानकारी गराउन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै एटीएम कार्ड प्रयोग गर्दा समस्या सिर्जना भए तत्कालै जानकारी गराउन आग्रह गरेको हो ।
बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई एटीएमको कारोबारसम्बन्धी तत्काल सहायता आवश्यक परेमा, आफ्नो एटीएम रहेको स्थानमा सम्बन्धित कर्मचारीको नाम, सम्पर्क नम्बर तथा संस्थाको नाम, ठेगाना र टेलिफोन नम्बर नेपाली तथा अंग्रेजी दुवै भाषामा स्पष्ट रूपमा राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । त्यसैले वित्तीय ग्राहकहरूलाई एटीएमसम्बन्धी कारोबारमा केही समस्या भएमा एटीएम रहेको स्थानमा लेखिएको सम्पर्क नम्बरमा सम्पर्क गरी आफ्नो समस्याको जानकारी गराई समस्या समाधानको प्रक्रियामा जान सकिने राष्ट्र बैंकको भनाई छ ।
साथै, राष्ट्र बैंकले बैंक वित्तीय संस्थाले आफ्नो एटीएममा केही प्राविधिक समस्या आई सञ्चालन हुन नसकेमा सोको जानकारी तुरून्तै सम्बन्धित एटीएम सञ्चालन गर्ने संस्थामा तथा आवश्यक परेमा कार्ड जारी गर्ने संस्थामा समेत पुऱ्याउने व्यवस्था गर्नुपर्ने प्रावधान समेत गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ९.६२ अंकले घट्यो

२०८२ बैशाख २२ गते, सोमबार

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार