नेपाल टेलिकमको नाफा घट्यो !

२०८२ जेष्ठ ६ गते, सोमबार

काठमाडौँ । नेपाल टेलिकमको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ४८.६७ प्रतिशत घटेर २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
चालु आवको ९ महिनामा कम्पनीको आम्दानी ०.६४ प्रतिशत घटेर २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ गरेको छ । गत वर्षको चैतमा कम्पनीले २५ अर्ब ४८ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको वित्तीय आम्दानी ४६ प्रतिशत घटेर २ अर्ब ८० करोड ३५ लाख रुपैयाँ गरेको छ । गत वर्षको चैतमा कम्पनीले ५ अर्ब १९ करोड ३३ लाख रुपैयाँ वित्तीय आम्दानी गरेको थियो ।
चालु आवको चैतसम्म कम्पनीको कुल आम्दानी ८.८९ प्रतिशत घटेर २८ अर्ब ४३ करोड १५ लाख रुपैयाँ गरेको छ । गत वर्षको चैतमा कम्पनीले ३१ अर्ब २० करोड ४८ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । १८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७२ अर्ब ७० करोड ७२ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ४४ अर्ब १८ करोड रुपैयाँ र कुल चालु दायित्व २१ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १९.९६ रुपैयाँ घटेर २१.०५ रुपैयाँमा झरेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ५०३.९३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४२.७४ गुणा रहेको छ

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु