त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख भट्टराई पक्राउ

२०८२ जेष्ठ ८ गते, बुधबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई पक्राउ गरेको छ । उनीमाथि भिजिट भिसाको नाममा विभिन्न देश, विशेष गरी दुबईतर्फ यात्रा गर्न चाहने व्यक्तिबाट ठूलो रकम संकलन गरेको आरोप लागेको छ । यो विषयमा गम्भीर उजुरी परेपछि अख्तियारले अनुसन्धान शुरू गरेको हो, जसको क्रममा उनलाई नियन्त्रणमा लिइएको छ ।
आयोगको नियन्त्रणमा रहेका उनीसँग सोधपुछ भइरहेको छ । अख्तियार स्रोतका अनुसार अख्तियारले विमानस्थल अध्यागमन कार्यालयबाट कम्प्युटर र महत्त्वपूर्ण कागजातहरू जफत गरेको छ ।
अख्तियारमा परेको उजुरीमा दैनिक करिब ४ सय यात्रुलाई भिजिट भिसा प्रक्रियामा सहजीकरण गर्दै प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रूपैयाँसम्म असुली गरेको उनीमाथि आरोप लगाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ०.४१ अंकले घट्यो

२०८२ असार २४ गते, मंगलवार

२ सय मेगावाट विद्युत् उत्पादन बन्द !

२०८२ असार २४ गते, मंगलवार