नेप्से ५.२१ अंकले घट्यो

काठमाडौँ । नेप्से ५.२१ अंकले घटेर २६७४ मा कायम भएको छ । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ६० करोडको कारोबार भएकोमा आज ७ अर्ब ५८ करोडको भयो । ९२ कम्पनीको मूल्य बढ्दा १५५ को घट्यो ।
बैंकिङ ०.१७ र उत्पादन तथा प्रशोधन समूह ०.७९ प्रतिशत बढे । यी दुई बाहेक सबै सेक्टर घटे । विकास बैंक ०.२७, फाइनान्स ०.१२, होटल तथा पर्यटन ०.९१, हाइड्रोपावर ०.०६, लगानी ०.१५, जीवन बीमा ०.२०, माइक्रोफाइनान्स १.५०, अन्य ०.४८ तथा निर्जीवन बीमा ०.३२ प्रतिशत घटे ।
ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । उपकार लघुवित्तको ६.१९, उन्नति सहकार्य लघुवित्तको ४.३१ प्रतिशत मूल्य बढ्यो । गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो ।
बाराही हाइड्रोपावरको ९.८५ तथा अभियान लघुवित्तको मूल्य ३.९२ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा राधि विद्युत्, ङादी ग्रुप, युनिभर्सल पावर, कुमारी बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।