ट्रेड टावरको आईपीओ खुल्यो !

२०८२ जेष्ठ १५ गते, बुधबार


काठमाडौँ । ट्रेड टावरको आईपीओ खुला भएको छ । कम्पनीले सर्वसाधारण समूहको कुल ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये वैदेशिक रोजगारमा रहेकालाई १० प्रतिशत, सामुहिक लगानी कोषलाई ५ र कर्मचारीलाई २ प्रतिशत छुट्याएपछि बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
सर्वसाधारणले जेठ १९ गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । न्यूनतम १० तथा अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
अंकित मूल्य १ सयका दरले जारी हुने आईपीओका लागि कम्पनीले इक्रा नेपालबाट बीबी माइनस रेटिङ पाएको छ, जसले दायित्व वहनमा कम्पनी मध्यमस्तरको जनाउँछ ।
आईपीओको लागि आज कार्यालय समय पश्चात अनलाइन प्रणाली मेरोसेयर वा आफ्नो खाता रहेको बैंक शाखाबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु