१०७.९ किलोग्राम गाँजासहित एक जना पक्राउ

काठमाडौँ । महोत्तरी प्रहरीले एक क्विन्टलभन्दा बढी गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक शैलेन्द्रकुमार भट्टले महोत्तरीको रामगोपालपुर नगरपालिका-५ बर्दिबास जलेश्वर सडकस्थित रामगोपालपुर चोकमा शुक्रबार साझ जाँचका क्रममा कारबाट ७ पोका गाँजा बरामद भएको बताए । उनले जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा बागमती बीएसी ८७३९ नम्बरको कारलाई रोकी जाँच गर्दा कारको डिकीबाट १०७.९ किलोग्राम गाँजा बरामद भएको बताए ।
सो क्रममा दोलखा बैदेश्वरी गाउँपालिका-६ का २६ वर्षीय दीपक दाहाललाई नियन्त्रणमा लिएको जनाइएको छ ।