पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

२०८२ जेष्ठ १९ गते, आईतवार


काठमाडौँ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिर ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर २२ ले घटाइएको निगमले जनाएको छ ।
मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर १४०.५० रुपैयाँ, १४२ रुपैयाँ र १४३ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर १५६.५० रुपैयाँ, १५८ रुपैयाँ र १५९ रुपैयाँ तोकिएको छ ।
आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर ११८ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौंमा अमेरिकी डलर ९०१, पोखरामा ७२१ र भैरहवामा ७०६ तोकेको छ ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढेर तथा हवाई इन्धनको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु