दुग्ध किसानलाई पाँच अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी

२०८२ जेष्ठ २३ गते, बिहीबार


काठमाडौँ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डिडिसी र निजी डेरी उद्योगले दुध खरिद गरेबापतको किसानलाई पाँच अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । निजी डेरी उद्योग र डिडिसीले चार महिनादेखि छ महिनासम्मको दुधको भुक्तानी नगर्दा किसान मारमा परेका छन् । डिडिसीले मात्रै एक अर्ब रुपैयाँ र निजी दुग्ध डेरीको साढे तीन अर्बदेखि चार अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको केन्द्रीय दुग्ध उत्पादन सहकारी सङ्घले जनाएको छ । दुधको भुक्तानी नियमित नहुँदा किसान मारमा परेका छन् ।
दुध बिक्री नहुँदा नियमित रूपमा रकम भुक्तानी गर्न नसकेको डेरी उद्योगीको भनाइ छ । दुधको खपत बढाउन दुध तथा दुग्धजन्य पदार्थको विविधीकरण गर्न आवश्यक यनीहरुको भनाइ छ । बजारमा ७० प्रतिशत निजी डेरी र ३० प्रतिशत डिडिसीले दुध वितरण गर्ने गरेका छन् ।
डेरी उद्योग सङ्घका अनुसार दैनिक ३१ करोड रुपैयाँ बराबरको ७२ लाख लिटर दुध उत्पादन हुने गरेको छ । दैनिक १२ करोड रुपैयाँ बराबरका दुध बिक्री हुने गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]