हिम स्टार ऊर्जा कम्पनीको आईपीओ खुल्यो

२०८२ जेष्ठ ३१ गते, शुक्रबार


काठमाडौँ । हिम स्टार ऊर्जा कम्पनीको आईपी खुलेको छ । पहिलो चरणमा कम्पनीको आईपीओ वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि खुलेको हो । पहिलो चरणको आईपीओ बाँडफाँट भएपछि मात्रै सर्वसाधारणका लागि खुल्ने छ । कम्पनीले कुल जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारण समूहका लागि निष्कासन गर्न लागेको हो । जसमध्ये १ लाख ८६ हजार ५ सय कित्ता आयोजना प्रभावितका लागि, ९३ हजार २५० कित्ता वैदेशिक रोजगारमा रहेकालाई छुट्याइएको छ । प्रभावित र वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले सूचनामार्फत जनाएको छ
आयोजना प्रभावितका रुपमा ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नम्बर २, साविक गोली गाविस वडा नम्बर १, २, ३, ४, ५ का स्थानिय बासिन्दा पर्दछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले छिटोमा असार १३ गतेसम्म तथा ढिलोमा असार २९ सम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाले असार १३ सम्म आवेदन दिन सक्नेछन् । प्रभावित स्थानीयले सिटिजन्स बैंकका लिखुपिके शाखा, खिजिदेम्बा गाउँपालिका ८ मा रहेको महिला भवन तथा जनस्वास्थ्य भवन र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका– २ को वडा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलको वेबसाइटमार्फत पनि आवेदन दिन सकिनेछ ।
वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणााली मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सीमामा बग्ने बुकु कापटी खोलाबाट ५ मेगावाट क्षमताको आयोजना सञ्चालन गरेको छ । यसको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ तथा प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अमेरिकी डलर र युरोको भाउ घट्यो

२०८२ जेष्ठ ३० गते, बिहीबार

नेप्से १३ अंकले घट्यो

२०८२ जेष्ठ २९ गते, बुधबार